कीवर्डहरू -

सेगवेको घाँस काट्ने रोबोटमा जिपिएसको प्रयोग

सेगवेको घाँस काट्ने रोबोटमा जिपिएसको प्रयोग

सेगवेको रोबोट घाँस काट्ने मेसिनले तपाईकै बारीमा रहेर घाँस काटिरहन जिपिएस प्रयोग गर्ने गरेको भेटिएको छ । रोबोटको नाम नाभीमो रहेको छ । यसमा प्रयोगकर्ताले सीमा तार इन्स्टल गर्नु पर्दैन् र तपाईकै घरमै रहिरहन यसमा जिपिएस र अरु सेन्सर प्रयोग गरिएको हुन्छ ।

एक्ज्याक्ट फ्यूजन लोकेटिङ प्रणालीले नाभीमोलाई निर्धारित गरेको स्थानमा रहन दिन्छ । जिपिएिस सिग्नलमा केही समस्या आए पनि डिभाइसको अरु सेन्सरहरुले राम्ररीनै काम गर्नेछ ।

नाभीमोलाई एपको मार्फतले कहाँ सम्म जाँदा ठिक हुन्छ, कताको घाँस काटने र कुन भाग छाडिदिने पनि सञ्चालन गर्न सकिन्छ । यो ५४ डेसिबेलमा काम गर्ने गर्दछ ।

यसमा पानी प्रतिरोधात्मक आईपी एक्स ६ पनि रहेको छ । यसले घाँस काटदा आउने बाधाहरुलाई पनि सजिलै हटाउन सक्छ । कोही बालबालिका वा घरपालुवा जनावर मेसिन नजिक आएम मेसिन स्वायत्त रुपमा बन्द हुने गर्दछ ।

पानी पर्दा रोबोट आफै चार्ज गर्ने स्टेसनमा फर्किने गर्दछ तर रेन सेन्सर अफ गरेर पानी पर्दा पनि रोबोटलाई काम गराउन पठाउन सकिन्छ । ब्याट्री कम भएपछि नाभीमोले पुनः चार्ज गरेर जहाँ सम्म काटेको थियो त्यही देखि पुनः काटन थाल्दछ ।