कीवर्डहरू -

महालक्ष्मी विकास बैंकका ग्राहकले विद्युतको महशुल मोबाइल बैंकिङबाट बुझाउन सक्ने

महालक्ष्मी विकास बैंकका ग्राहकले विद्युतको महशुल मोबाइल बैंकिङबाट बुझाउन सक्ने

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई विद्युत महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलन सम्बन्धि सम्झौता गरेको छ ।

सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहक वा जो कोहिले पनि आफुले खपत गरेको विद्युतको महशुल बैंकको मोवाइल बैंकिङ मार्फत वा बैंकको काउन्टरमा नै उपस्थितभई भुक्तानी गर्न सक्नेछन् ।

सम्झौताअनुसार सेवाग्राहीले मासिक ५०० प्रतिशत रुपैया सम्मको विद्युत महशुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिनु पर्दैन भने रु. ५०१ भन्दामाथी ५ लाख सम्मको महशुल भुक्तानीमा पाँच रुपैयाँमात्र सेवा शुल्क भुक्तानी गर्नुपर्नेछ ।

महालक्ष्मी बिकास बैंक र नेपाल विद्युत प्रधिकरणबीच भएको यस प्रकारको विद्युत महसुल संकलन सम्बन्धि सम्झौताले सर्वसाधारणलाई बिना झन्झट विद्युत महसुल भुक्तानीमा सहयोग हुने बैंकले विश्वास लिएको छ ।

महालक्ष्मी विकास बैंकले देशका बिभिन्न स्थानमा रहेका १०३ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।