कीवर्डहरू -

ग्यापुले ल्यायो चाडबाड अफर, सामान खरिद गर्दा २० प्रतिशत सम्म छूट पाइने

ग्यापुले ल्यायो चाडबाड अफर, सामान खरिद गर्दा २० प्रतिशत सम्म छूट पाइने

नजिकिदैँ गरेको चाडबाडलाई मध्यनजर गर्दै ईकमर्श कम्पनी ग्यापुले चाडबाड अफर ल्याएको छ । हिन्दु महिलाहरूको महान चाड तिजको अवसरमा विभन्न सामान ग्यापु मार्फत खरिद गरेमा ग्राहकले ग्यापुबाट छुट र क्यासब्याक अफर पाउन सक्छन् ।

ग्राहकले हिमालय बैंकबाट सामान खरिद गर्दा ५०० रुपैयाँ सम्ममा १५ प्रतिशत छुट पाउनेछन् । यो छुट भदौ २२ गते देखि २४ गते सम्म लागू हुनेछ ।

त्यस्तै माछापुच्छ्रे बैंकबाट पैसा तिर्दा ५०० रुपैया सम्ममा १० प्रतिशत छुट पाउनेछन् । भदौ २० गते देखि यो छुट २६ गते सम्म लागू हुनेछ ।

यसैगरी सनराइज बैंकबाट सामान खरिद गरेमा ग्राहकले ३०० रुपैयाँ सम्ममा २० प्रतिशत क्यासब्याक पाउनेछन् । यो छुट भने भदौ २५ गते सम्म लागू हुनेछ ग्यापुको अपरेसन हेड सुरजनी केसीले बताइन् ।

फोन पे मार्फत भुक्तानी गर्दा २ सयको भौचर, एन आइ सि एसियाको कार्ड मार्फत भुक्तानी गर्दा २ सयको भौचर र इ सेवा बाट भुक्तानी गर्दा २ सयको भौचर प्राप्त गर्न सकिनेछ । साथै खल्ती मार्फत भुक्तानी गर्दा १० जनाले २ सयको टप अप प्राप्त गरिने बताइएको छ ।

विदेशमा रहनु भएको ग्राहकले पनि ग्यापु मार्फत नेपालमा हुनुभएको आफ्नो आफन्तलाई  सर्पाइज दिनको लागि उपहार अर्डर गर्नसक्नेछन् र ग्यापुले डेलिभरी गर्नेछ ।

गुलियो खान मनपराउनु हुनेले विभिन्न फ्लेभरको केक, स्वास्थ्यको एकदम ख्याल गर्नुहुने बुवाको लागि स्मार्ट वाच र विभिन्न परिकार बनाएर खान मन पराउनु हुने बुवाको लागि इलेक्ट्रिक फायर ग्यापुको बुवाको मुख हेर्ने दिनको विशेष उपहारको सूचीमा रहेको छ ।

त्यस्तै अन्य उपहारमा लेदरको वालेट, ग्रुमिङ किट, हेडफोन, विभिन्न विधाका किताबहरू र विभिन्न ब्रान्डका लिक्वेरहरू रहेका छन् । यि मध्ये कुनै पनि उपहार ग्यापुको पेमेन्ट पार्टनर बैंकहरूबाट खरिद गरेको खण्डमा माथि उल्लेखित छुटहरू उपलब्ध हुनेछ ।