कीवर्डहरू -

सार्वजनिक क्षेत्रहरु निगरानी गर्न रोबोट परिचालन गर्दै सिंगापुर

सार्वजनिक क्षेत्रहरु निगरानी गर्न रोबोट परिचालन गर्दै सिंगापुर

सिङ्गापुरले सार्वजनिक क्षेत्रहरुलाई निगरानी गर्न रोबोट परिचालन गर्ने भएको छ । सिङ्गापुरले कडाई गर्ने मूलुकमा अगाडि आउछ र हरेक सार्वजनिक स्थलमा सिसिटिभी क्यामेरा राख्ने गरेको छ । अब थप निगरानीका लागि सिङ्गापुरले रोबोट पनि परिचालन गर्ने भएको हो ।

यसले नियम तोड्नेहरूमाथि निगरानी गर्नेछ । यसका लागि सिङगापुरले जेभियर भन्ने रोबोटको परीक्षण पनि सुरु गरिसकेको छ । धेरै ट्राफिक भएको ठाउँमा यो रोबोटलाई परिचालन गरिनेछ । अनैतिक व्यवहार कतै भईरहेको छ की छैन् भनेर अवलोकन गर्न यो रोबोटलाई प्रयोग गरिनेछ ।

अहिले महामारीको समयमा पाँच जना भन्दा बढी भिड गरेर उभिएकालाई पनि रोबोटले समाउनेछ । यसमा ३६० डिग्री क्यामेरा हुनेछ जुन कमाण्ड सेन्टरसँग जोडिएको हुनेछ । यसले कम प्रकाशमा पनि फोटो खिच्न सक्ने जनाइएको छ ।