कीवर्डहरू -

१२ वालेट तथा बैंकबाट अब विद्युत महशुल तिर्न सकिने, ५०० बढीको महशुलमा ५ रूपैयाँ सेवा शुल्क

१२ वालेट तथा बैंकबाट अब विद्युत महशुल तिर्न सकिने, ५०० बढीको महशुलमा ५ रूपैयाँ सेवा शुल्क

अनलाइनबाट विद्युतको महशुल तिर्दा अब सेवा शुल्क लाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणको बोर्ड निर्णय अनुसार अब बैंक तथा वालेटबाट विद्युत महशुल तिर्दा ५ रूपैयाँ सेवा शुल्क लाग्ने भएको हो ।

अनलाइनबाट ५०० रूपैयाँ सम्मको विद्युत महशुल भुक्तानी गर्दा सेवा शुल्क लाग्ने छैन् भने त्यसभन्दा माथिको भुक्तानी गर्दा ५ रूपैयाँ सेवा शुल्क लाग्ने छ । तर सजिलो पेबाट तिर्दा ४.८० रूपैयाँ शुल्क र पेवेलबाट तिर्दा ३ रूपैयाँ शुल्क लाग्ने छ ।

नेपाल विद्युत प्राधिकरणले अनलाइनबाट विद्युतको महशुल तिर्न सकिने संस्थाहरू समेत छनोट गरेको छ ।

अब विद्युत महशुल खल्ती, इसेवा, सेलपे, सजिलो पे, आईएमई पे, पे वेल, नमस्ते पे, र आईक्यास वालेटबाट भुक्तानी गर्न सकिने छ । त्यस्तै हिमालयन बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र महालक्ष्मी विकास बैंकबाट महशुल तिर्न सकिने छ ।