कीवर्डहरू -

फेसबुकले गलत जानकारीमा अध्ययन गर्ने अन्वेषकलाई अपूर्ण डेटा दिएको खुलासा

फेसबुकले गलत जानकारीमा अध्ययन गर्ने अन्वेषकलाई अपूर्ण डेटा दिएको खुलासा

फेसबुकले गलत जानकारीमा अध्ययन गर्ने अन्वेषकहरुलाई अपूर्ण डेटा दिईरहेको खुलासा भएको छ । कति ठाउँँमा फेसबुकले बुझाएको जानकारी झुठो पनि रहेको फेला परेको छ ।

फेसबुकले वेबसाईटमा भएको पोस्ट र लिकंहरुसँग प्रयोगकर्ताहरुले कसरी अन्तर्क्रिया गर्छन् भनेर गलत जानकारीको अन्वेषकलाई रिपोर्ट बुझाउने गर्दछ र कयौँ पटक फेसबुकले अधुरो रिपोट बुझाउने गरेको पाइएको छ ।

फेसबुकले अन्वेषकहरुलाई निश्छलता र सबै प्रयोगकर्ताको अन्तर्क्रिया गरेको डेटा पहुँच गर्न दिने वाचा दिएता पनि त्यसलाई पुरा नगरेको पाईएको छ । फेसबुकले सम्पूर्णमा आधि प्रयोगकर्ताको डेटा मात्रै अन्वेषकहरुलाई पठाएको द न्यू योर्क टाइम्सले रिपोर्टमा उल्लेख गरेको छ ।

रिपोर्टमा समावेश गरिएका प्रयोगकर्ताहरुले विशेष गरी राजनितिक सामाग्रीहरु हेर्ने गरेको पाइएको छ । अन्वेषकहरुलाई ईमेल गरेर फेसबुकले यस सन्दर्भमा माफि मागेको छ र यो गल्तीलाई सुधार्न काम गरिरहेको पनि बताएको छ ।