कीवर्डहरू -

पेगासस स्पाईवेयर ह्याकबाट बच्न एप्पलले सार्वजनिक गर्‍यो आईफोन र म्याकमा नयाँ अपडेट

पेगासस स्पाईवेयर ह्याकबाट बच्न एप्पलले सार्वजनिक गर्‍यो आईफोन र म्याकमा नयाँ अपडेट

एप्पलले पेगासस स्पाईवेयर ह्याकलाई सम्बोधन गर्दै आईओएस १४.८ र म्याकओएस बिग सर ११.६ सार्वजनिक गरेको छ । त्यस्तै कम्पनीले आईप्याड ओएस १४.८ र वाच ओएस ७.६.२ सार्वजनिक गरेको छ ।

यी चारवटै फिचरले आफ्नो अपरेटिङ सिस्टममा नयाँ फिचर थप्दैनन् तर महत्वपूर्ण सुरक्षा समाधानहरु प्रदान भने गर्नेछन् । एप्पलले यी अपडेट जतिसक्दो चाँडो डाउनलोड गर्न आफ्नो प्रयोगकर्ताहरुलाई अनुरोध गरेको छ । आईओएस, म्याकओएस र आईप्याड ओएस मा कोर ग्राफिक फ्रेमवर्क र वेबकिट ब्राउजर इन्जिनमा काम गरिएको छ ।

पेगासस स्पाईवेयर ह्याकले धेरै प्रयोगकर्ताहरुलाई समस्या पारेका कारण एप्पलले यो अपडेट सार्वजनिक गरेको हो । एप्पलले यो बीचमा पनि टोरोन्टो सिटिजेन ल्याब विश्वविद्यालयले समस्या भेटाएपछि एप्पलले यो अपडेट सार्वजनिक गरेको हो ।

सिटिजेन ल्याबले पनि जतिसक्दो चाँडो यो अपडेट डाउनलोड गर्न प्रयोगकर्ताहरुलाई सुझाव दिएको छ । आईफोन र आईप्याडमा सेटिङ्गमा गएर आईओएस १४.८ र आईप्याड ओएस १४.८ पाउन सकिन्छ ।