कीवर्डहरू -

जूमको लाइभ क्याप्सन फिचर ३० भाषामा उपलब्ध हुँदै

जूमको लाइभ क्याप्सन फिचर ३० भाषामा उपलब्ध हुँदै

जूमको लाइभ क्याप्सन फिचर अब ३० ओटा भाषामा उपलब्ध हुने भएको छ । जूमले सोमबार आयोजना गरेको वार्षिक जूटोपिया कन्फेरेन्समा जूममा के के नयाँ फिचर आउँदैछन् भनेर छलफल भएको थियो ।

यो वर्षको सुरुवातमै जूमले लाइभ क्याप्सनको फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने बताएको थियो । त्यस्तै १२ ओटा भाषामा एपले लाइभ अनुवादको फिचर पनि सपोर्ट गर्ने भएको छ । यो फिचर अर्काे वर्षसम्ममा सबैले प्राप्त गर्नेछन् ।

जूमले वास्तविक समयमा अनुवाद गर्नका लागि रहेको स्टार्टअप किनेपछि यो फिचर ल्याउने भएको हो । जूमले ह्वाईटबोर्डमा पनि विशेष काम गरिरहेको छ जुन सुरुमा वेबका लागि उपलब्ध हुनेछ । यो फिचरको बेटा यो वर्षको अन्त्यमा सार्वजनिक हुनेछ र प्रयोगकर्ताले छुट्टै ह्वाईटबोर्ड ट्याब भएको पाउनेछन् ।

जूमले फेसबुकसँग पनि सहकार्य गरेर कम्पनीको होराईजन वर्करुममा भिडियो कन्फेरेन्सिङ सफ्टवेयर र ह्वाईटबोर्ड फिचर ल्याउने लक्ष्य राखेको छ । जूम फोनमा एण्ड टू एण्ड इन्क्रिप्सनको पनि फिचर आउने भएको छ जसले जूम कललाई अझै सुरक्षित बनाउनेछ ।