कीवर्डहरू -

सामाजिक सञ्जालमा आफ्नै प्रेमिकाको अश्लील फोटो तथा भिडियो पोष्ट गर्ने एकजना पक्राउ

सामाजिक सञ्जालमा आफ्नै प्रेमिकाको अश्लील फोटो तथा भिडियो पोष्ट गर्ने एकजना पक्राउ

सामाजिक सञ्जालमा आफ्नै प्रेमिकाको अश्लील फोटो तथा भिडियो पोष्ट गरी चरित्र हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाँउपालिका वडा नं. ८ घर भई हाल काठमाडौं टोखा, धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेल रहेका छन् ।

आफ्नी प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लील फोटो तथा भिडियोहरू प्रेमिकासँग विवाद परेपश्चात मोबाइल समेत खोसी उक्त अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गरेका जिरेल काभ्रे पाँचखालमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँग समन्वय गरी पाँचखालबाट पक्राउ गरेको हो ।

उनलाई विद्युतीय कारोवार ऐनको कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको महाशाखाले जनाएको छ ।