कीवर्डहरू -

उद्यमशीलता विकास गर्न राष्ट्रिय युवा परिषदसँग राष्ट्रिय वाणिज्य बैंकको साझेदारी

उद्यमशीलता विकास गर्न राष्ट्रिय युवा परिषदसँग राष्ट्रिय वाणिज्य बैंकको साझेदारी

राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय युवा परिषदसँगको साझेदारीमा युवा उद्यमशीलता विकास तालिम संचालन गर्ने भएको छ ।

युवालाई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद र संखुवासभाको चैनपुर नगरपालिका बीच सम्झौता भएको छ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल र चैनपुर नगरपालिका प्रमुख भरतकुमार खत्रीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि राष्ट्रिय युवा परिषदले नगरपालिका भरिका १६ देखि ४० वर्षसम्मका १०० जना युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता ७ दिने तालिम कार्यक्रम संचालन गर्नेछ । साथै तालिम प्राप्त उद्यमीहरूलाई आवश्यकता अनुसार बैंकले नियमानुसार सहुलियतपूर्ण कर्जा लगानी गर्ने छ ।