गूगल मिटले ब्राउजरमा आफै वेबक्यामको ब्राईटनेस समायोजन हुने फिचर ल्याउने भएको छ । यसले प्रयोगकर्ताहरुलाई कलमा अरु साथी तथा सहकर्मीहरुलाई हेर्न सहज बनाउनेछ ।
गूगल मिटको वेब भर्सनले कोही प्रयोगकर्ता खराब प्रकाशको कारण राम्ररी देखिएको छैनन् की भन्ने बारे थाहा पाउँनेछन् र स्वायत्त रुपमा वेबक्यामको बाईटनेस बढाई दिनेछ ।
यसले तपाईको फिडलाई पनि उज्यालो बनाउने छ । ब्राउजरले एआई प्रयोग गरेर प्रकाशको स्तर मापन गर्ने गर्दछ तर यो फिचरमा एडमिन कन्ट्रोल भने हुने छैन् । यो फिचर मन नपरेमा स्वीच अफ पनि गर्न पनि सकिने कम्पनीले जनाएको छ ।
यो फिचर ईनेबल गर्दा डिभाईस स्लो हुन सक्ने गूगलले बताएको छ । यो फिचर सबै वर्कस्पेस र जीसुट प्रयोगकर्ताहरुले प्रयोग गर्न पाउनेछन् । यो फिचर अक्टोबर ४ देखि १५ दिन भित्रमा सबै वबे भर्सन प्रयोगकर्ताले पाउन सक्नेछन् ।