कीवर्डहरू -

आईओएस १५ सार्वजनिक, यसरी गर्नुहोस् इन्स्टल

आईओएस १५ सार्वजनिक, यसरी गर्नुहोस् इन्स्टल

एप्पलले आईओएस १५ अपरेटिङ सिस्टम सार्वजनिक गरेको छ । यो आईफोनका लागि उपलब्ध भएको हो । एप्पलले आईओएस १५ सँगै म्याक ओएस १५, वाच ओएस १५, टिभी ओएस १५ पनि सार्वजनिक गरेको छ ।

आईओएस १५ ओएस इन्स्टल गर्नुअघि तपाइको फोनमा पर्याप्त चार्ज छ र वाईफाईको स्ट्रेन्थ पनि उच्च छ भन्ने कुरालाई ध्यान दिनुपर्ने हुन्छ ।

यसका लागि सर्वप्रथम सेटिङ्ग एप खोल्नुपर्ने हुन्छ । त्यहाँ गएर जनरललाई सेलेक्ट गर्नुपर्ने हुन्छ । त्यसपछि सफ्टवेयर अपडेटमा क्लिक गर्नुपर्छ र अन्त्यमा डाउनलोडमा थिचेर इन्स्टल बटनमा थिच्नुपर्ने हुन्छ ।

यसपछि तपाईको डिभाईस एप्पलको सर्भरसँग कनेक्ट हुन्छ र तपाईलाई विभिन्न प्रम्प्टहरु आएर ओएस इन्स्टल हुने गर्दछ ।