कीवर्डहरू -

न्यूज फिड मूल्यांकन गर्न प्रयोग गर्ने टूललाई फेसबुकले हस्तक्षेप गरेको अन्वेषकको दावी

न्यूज फिड मूल्यांकन गर्न प्रयोग गर्ने टूललाई फेसबुकले हस्तक्षेप गरेको अन्वेषकको दावी

फेसबुकको न्यूज फिड मूल्यांकन गर्न प्रयोग गर्ने टूललाई फेसबुकले हस्तक्षेप गरिरहेको अन्वेषकहरुले आरोप लगाएका छन् । यो टूललाई पत्रकार तथा अन्वेषकहरुले प्रयोग गर्ने गर्दछन् ।

द मार्कअप नामक गैरनाफा संस्थाको रिपोर्ट अनुसार फेसबुकले दृष्टिमा समस्या हुने मान्छेहरुका लागि बनाएको एचटिएमएल कोडमा फेसबुकले जकं कोड हालिरहेको छ ।

परिणाम स्वरुप न्यूज फिडबाट कलेक्ट गर्न सकिने डेटा संकलन भईरहेको छैन् । त्यस्तै दृष्टिमा समस्या हुने मान्छेहरुको स्क्रीन रिडरलाई पनि असर पारिरहेको छ । यस परिवर्तनले द मार्कअपको सिटिजन ब्राउजर र न्यू योर्क विश्वविद्यालयको आड अभजर्भरलाई असर पारेको छ ।

एड अभजर्भर एक ब्राउजर एक्सटेन्सन हो जसले राजनीतिक विज्ञापन र खोपको गलत जानकारीका बारेमा अनुसन्धान गर्ने गर्दछ । यस्तै ब्राउजरमा आधारित रहेको टूललाई प्रयोग गरेरनै न्यूज फिडले कसरी काम गर्छ भनेर मूल्याकंन गर्न सकिन्छ ।

फेसबुकले आपलूले त्यसरी कोडमा परिवर्तन नगरेको दावी गरिरहेको छ । यो आरोपमा फेसबुकले ध्यान दिने पनि बताएको छ ।