कीवर्डहरू -

कम्प्युटरमा भिडियो डाउनलोड गर्न मिल्ने फिचर परीक्षण गर्दै युट्युब

कम्प्युटरमा भिडियो डाउनलोड गर्न मिल्ने फिचर परीक्षण गर्दै युट्युब

युट्युबले कम्प्यूटरमा भिडियो डाउनलोड गर्न मिल्ने फिचरको जाँच गरिरहेको छ । अहिले सम्म युट्युब प्रिमियमका प्रयोगकर्ताले मात्रै अफलाइनमा भिडिओ डाउनलोड गरेर भिडियो हेर्न सक्ने सुविधा रहेको थियो तर अब यो फिचर डेस्कटपका लागि पनि उपलब्ध हुने भएको छ । यद्यपि परीक्षणमा रहेको नयाँ फिचरले यो सुविधा दिने भएको छ ।

युट्युबको परीक्षण पेजमा यो नयाँ सामग्री देखा परेको हो । एन्ड्रोइड पुलिसले उल्लेख गरेअनुसार यसले प्रयोगकर्तालाई डेस्कटप साइटमा डाउनलोड बटन थप्ने अनुमति दिन्छ । अहिलेका लागि यो फिचरलाई प्रिमियम सब्सक्राईबरहरुले परीक्षण गरिरहेका छन् ।

यो बटन एकपटक इनेबल गरेपछि ब्राउजिङको समयमा भिडियोको तलतर्फ रहेको तीन थोप्ला भएको बटनमा क्लिक गर्दा डाउनलोडको अप्सनदेख्न सकिनेछ ।

डाउनलोड गरिएका कन्टेन्ट सेटिङ मेन्युमा नयाँ डाउनलोड पेजसँगै साइड प्यानलमा आउने गर्दछ । जसबाट रिजोलुसन समेत मिलाउन सकिन्छ । यस्तो अफलाइन भिडिओ युट्युवमै सेभ भएर बस्छन् ।

जुन तपाईंका लागि कमजोर इन्टरनेट भएको स्थानमा हुँदा उपयोगी हुन्छ । यो फिचर एन्ड्रोइडका लागि पहिले देखिनै उपलब्ध रहेको थियो । यो परीक्षण अक्टोबर १९ सम्म जारी रहनेछ । यो फिचर प्रयोगकर्ताले कहिले पाउनेछन् भन्ने बारेमा केही पनि बताईएको छैन् ।