कीवर्डहरू -

मोबाइल इन्टरनेट स्पीडमा खस्किँदै नेपाल, फिक्स्ड ब्रोडब्याण्डमा भने सुधार

मोबाइल इन्टरनेट स्पीडमा खस्किँदै नेपाल, फिक्स्ड ब्रोडब्याण्डमा भने सुधार

नेपालमा मोबाइल इन्टरनेट स्पीड खस्किँदैं गएको एक अध्ययनले देखाएको छ । स्पीड टेस्ट ग्लोबल इन्डेक्सको अगस्टको प्रतिवेदन अनुसार मोबाइल इन्टरनेट १४० देश मध्ये नेपाल ११४ औं स्थानमा रहेको छ । जब की गत जुलाईमा नेपाल ११२ औं स्थाना रहेको थियो ।

नेपालमा मोबाइल इन्टरनेटको अधिकत्तम स्पीड २०.९० एमबिपिएस र अपलोड स्पीड १२.१६ एमबिपिएस रहेको छ । भने ल्याटेन्सी ३४ एमएस रहेको छ ।

स्पीड टेस्ट ग्लोबल इन्डेक्सले मोबाइल इन्टरनेटमा १४० देश र फिक्स्ड ब्रोडब्याण्डमा १८० देशको इन्टरनेट गुणस्तर अनुसार वर्गीकरण गर्दै आएको छ ।

फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटमा अगस्ट महिनामा नेपाल १११ औं स्थानमा रहेको छ । अघिल्लो महिना नेपाल ११२ औं स्थानमा रहेको थियो । ब्रोबब्याण्ड इन्टरनेटमा नेपालले निरन्तर सुधार गरिरहेको छ ।

नेपालमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको अधिकत्तम स्पीड ३०.४९ एमबिपिएस र अपलोड स्पीड २७.३८ एमबिपिएस रहेको छ । भने ल्याटेन्सी १५ एमएस रहेको छ ।

स्पीड टेस्ट ग्लोबल इन्डेक्सका अनुसार मोबाइल इन्टरनेटको विश्वभर औसतमा डाउनलोड स्पीड ५६.७४ एमबिपिएस र अपलोड स्पीड १२.६१ एमबिपिएस रहेको छ । त्यस्तै ल्याटेन्सी ३७ एमएस रहेको छ ।

फिक्स्ड ब्रोडब्याण्डमा विश्वभर औसतमा डाउनलोड स्पीड ११०.२४ एमबिपिएस र अपलोड स्पीड ६०.१३ एमबिपिएस रहेको छ । त्यस्तै ल्याटेन्सी १९ एमएस रहेको छ ।