कीवर्डहरू -

अब स्क्रिन बन्द गरेर पनि युट्युबमा गीत सुन्न सकिने

अब स्क्रिन बन्द गरेर पनि युट्युबमा गीत सुन्न सकिने

युट्युबले मोबाइलको स्क्रिन बन्द हुँदा अथवा मोबाइलमा अन्य काम गर्दापनि गीत सुन्न सकिने फिचर उपलब्ध गराउने भएको छ । यसअघि युट्युब गीत सुन्दै गर्दा अरु कुनै एप चलाउनु परेमा युट्युब बन्द गर्नुपर्थ्यो । तर अब देखि अरु काम गर्दै गर्दा पनि युट्युब चलाउन सकिने भएको छ ।

नोभेम्बर ३ देखि पहिलो चरणमा क्यानाडामा यसको परिक्षण हुने भएको छ । यो सँगै युट्युब म्युजिक सुन्दा मोबाइलमा अरु काम गर्न नपाइने समस्याबाट वञ्चित हुन सकिनेछ ।

युट्युब म्युजिकमा आउने सबै नयाँ फिचरका लागि युट्युब प्रिमियम सब्स्क्रिप्सन लिनु पर्ने वाध्यता थियो तर अब यो अरु प्रयोगकर्ताका लागि पनि उपलब्ध हुने भएको छ । ब्याकग्राउन्ड युट्युब म्युजिकले स्ट्यान्डर्ड एड, पर्सनालाइज्ड रेडियो मिक्स र आफ्नो युट्युब अकाउन्टमा अपलोड गरिएका सबै कन्टेन्टमा सपोर्ट गर्नेछ ।

क्यानडाबाहेक अन्य देशका प्रयोगकर्ताहरूका लागि पनि ब्याकग्राउन्ड युट्युब म्युजिक फिचर चाँडै उपलब्ध हुने अनुमान गरिएको छ ।