कीवर्डहरू -

के हो डिजिटल मार्केटिङ र के छ यसकाे उपयोगिता ?

के हो डिजिटल मार्केटिङ र के छ यसकाे उपयोगिता ?

डिजिटल मार्केटिङ ईन्टरनेटको माध्यमबाट ग्राहकहरू सम्म पुग्नको लागि एउटा वृहत सञ्जाल हो। जसमा प्रयोगकर्ताहरु प्रत्यक्ष रूपमा इमेल, इन्टरनेट,सामाजिक सञ्जाल साथै सर्च इन्जिनको माध्यामबाट लाभान्वित हुने गर्छन् ।

यो माध्यामबाट सजिलै कुनै पनि कम्पनीको ब्रान्ड वा उत्पादनलाई ईन्टरनेटको माध्यमबाट प्रबर्द्धन गरी विश्वको जुनसुकै कुनामा पनि कम लागत सँगै सीमित लगानीमा वस्तु तथा सेवाको प्रबंधन गर्नको लागि बिश्वासिलो पाटोलाई अंगाल्दै डिजिटल मार्केटिङ्ग अहिलेको डिजिटल युगमा परम्परागत मार्केटिङ्ग लाई पूर्ण विराम लगाउने होडमा अगाडि बढ्दै गरेको देख्न सकिन्छ।

डिजिटल मार्केटिङ किन ?

आजको युग प्रविधिको पुरा सँगै प्रतिस्पर्धामा अगाडि बढ्दै गइरहेको अवस्था साथै बढ्दो इन्टरनेट(सामाजिक सञ्जाल) प्रयोगलाई मध्यनजर राखेर हेर्दा पनि यसको आबश्यकता र महत्त्व लाई उच्च बिन्दुमा नियाल्न सकिन्छ ।

तपाईं हामीले अपनाइरहेको परम्परागत मार्केटिङ्ग जस्तै टेलिभिजन, रेडियो, पत्रपत्रिका जस्ता मार्केटिङ तरिकाहरू भन्दा एकदम सस्तो साथै परम्परागत माध्यमहरू पनि प्रविधि मैत्री बन्दै इपेपर, वेबसाइट जस्तो डिजिटल साइट तिर रूपान्तरण हुँदै जनुले पनि डिजिटल मार्केटिङको उचाई प्रष्ट नाप्न सकिन्छ ।

समय, भौगोलिक अवस्था लगायतका कुराहरूको असीमितताले गर्दा पनि यसबाट प्रतक्ष्य लाभान्वित हुन सकिन्छ। सम्भावना बोकेको, भविष्य लामो र विश्वमा उदयमान रूपमा साथै डिजिटल डिभाइसको अधिकतम प्रयोग बढ्नुले पनि र घरमै बसेर आफ्नो सञ्जाललाई विस्तार गर्न सकिने भएकोले पनि यसको महत्व लाई प्रष्टाउन सकिन्छ ।

डिजिटल मार्केटिङ कसरी गर्ने ?

डिजिटल मार्केटिङ्ग एउटा मार्केटिङको मेरुदण्डको रूपमा उदाउँदै गए जस्तै सर्वप्रथम वेभसाईट लाई यसको मेरुदण्डको रुपमा लिईन्छ । वेबसाइट लाई गुगल लगायत सर्च इन्जिन मैत्री बनाउँदै लगेमा पनि त्यसबाट प्रत्यक्ष फाइदा लिन सकिन्छ।

साथै सामाजिक सञ्जाल जस्तै फेसबूक तथा युट्युब च्यानल माध्यमबाट बुस्ट गरेर संसँगै इन्टरनेट मार्केटिङ्ग बाट पनि पनि डिजिटल मार्केटिङ्ग गर्न सकिन्छ ।

(लेखक आइसबर्ग टेक्नोलोजीका प्रबन्ध निर्देशक हुन्)