कीवर्डहरू -

भोजमाण्डूको सेवा वीरगञ्जमा समेत विस्तार

भोजमाण्डूको सेवा वीरगञ्जमा समेत विस्तार

अनलाइन फूड डेलिभरी सेवा भोजमाण्डूको सेवा वीरगञ्जमा समेत विस्तार हुने भएको छ । भोजमाण्डू फूड प्रालिका कार्यकारी अध्यक्ष सुनिल यादवका अनुसार विजयादशमीको शुभ अवसर पारेर भोजमाण्डूको सेवा असोज २९ गतेबाट वीरगञ्जमा समेत सुरु हुनेछ ।

\'वीरगञ्ज केन्द्रीत रहेर हामीले बजारीकरणको सबै काम सकिसकेका छौँ ।\' यादवले भने-\'वीरगञ्ज बजार क्षेत्रमा अर्डर आएको २५ देखि ४५ मिनेटभित्र डेलिभरी गर्ने मुख्य योजना रहेको छ र  तातो र छिटो खाना, खाजा पुर्‍याउन हामी कटिबद्ध छौँ ।\'

भोजमाण्डूले पेमेन्टका लागि खल्ती एपसँग सहकार्य गरेको छ । खल्तीबाट पेमेन्ट गर्नेले ५० रुपैयाँ क्यासब्याक र १० प्रतिशतसम्म छुटको अफर समेत भोजमाण्डूले सार्वजनिक गरेको छ । यस्तै, भोजमाण्डू एप डाउनलोन गर्दा समेत रु. ५० अतिरिक्त लाभ पाइन सकिनेछ ।

यस्तै, वीरगञ्जमा सेवा प्रारम्भ गरेको अवसरमा भोजमाण्डूले वीरगञ्ज क्षेत्रका होटल तथा रेष्टुराँहरुलाई समेत विशेष छुटको घोषणा गरेको छ । सेवा सुरु भएदेखि ३० दिनसम्म आफूहरूले कुनै कमिसन नलिने यादवले जानकारी दिए । भोजमाण्डू सन् २०१९ अप्रिलदेखि सञ्चालनमा आएको हो ।