कीवर्डहरू -

बजारमा ‘अनर एक्स थर्टी म्याक्स’ चााँडै सार्वजनिक हुने, फोनमा ६००० एमएएच ब्याट्रीको क्षमता र २२.५ वाटको फास्ट चार्जिङ उपलब्ध

बजारमा ‘अनर एक्स थर्टी म्याक्स’ चााँडै सार्वजनिक हुने, फोनमा ६००० एमएएच ब्याट्रीको क्षमता र २२.५ वाटको फास्ट चार्जिङ उपलब्ध

७ इन्चको डिस्प्ले र ६ हजार एमएएच ब्याट्रीसहित बजारमा ‘अनर एक्स थर्टी म्याक्स’ आउने भएको छ । कम्पनीले नर्मल एन्ड्रोइडका साथ ‘अनर म्याजिक थ्री’ सिरिजमा नयाँ स्मार्टफोन सार्वजनिक गरिसकेको छ ।

यसका साथै थप नयाँ प्रडक्टमा काम गरिरहेको कम्पनीले चाँडै नै ‘अनर एक्स सिरिज’ अन्तर्गत ‘अनर एक्स थर्टी म्याक्स’ ल्याउने भएको छ । ‘

अनर एक्स थर्टी म्याक्स’ नोभेम्बर ११ मा चीनमा आयोजना हुने सपिङ फेस्टिभलअघि सार्वजनिक हुनेछ । उक्त फोनमा ७ इन्चको डिस्प्ले रहने जनाइएको छ । फोनमा ६००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री पनि रहनेछ । त्योसँगै २२.५ वाटको फास्ट चार्जिङ सिस्टम उपलब्ध हुनेछ । साथै फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा हुने अनुमान गरिएको छ ।