कीवर्डहरू -

अब सिमको नम्बर परिवर्तन नगरेरै सेवा प्रदायक परिवर्तन गर्न सकिने, यस्तो छ मस्यौदा

अब सिमको नम्बर परिवर्तन नगरेरै सेवा प्रदायक परिवर्तन गर्न सकिने, यस्तो छ मस्यौदा

अब सिमको नम्बर परिवर्तन नगरेरै सेवा प्रदायक परिवर्तन गर्न सकिने नियमावलीको मस्यौदा तयार भएको छ । बुधबार नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल नम्बर पोर्टेबिलिटी (एमएनपी) सम्बन्धी नियमावली, २०७८ को मस्यौदामा सार्वजनिक गरेको हो ।

मस्यौदामा उल्लेख भएअनुसार अब उपभोक्ताले कुनै सेवा प्रदायकको सेवा मन नपराएमा नम्बर परिवर्तन नगरिकनै अर्काे सेवा प्रदायक छान्न सक्ने छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा एमएनपि सेवा संचालन गर्न कुनै एक व्यक्तिलाई अख्तियारी दिनेछ ।

यो सेवा लिनका लागि भने ग्राहकले केही शर्तहरु पूरा गरेको हुनुपर्नेछ । जस्तै, आफ्नो नम्बर अर्को सेवामा परिवर्तन गर्न चाहनुहुन्छ भने उक्त सेवा प्रदायकको नेटवर्कमा ९० दिनभन्दा धेरै उक्त मोबाइल नम्बर सक्रियतापूर्वक चलाएको भने हुनुपर्छ ।

त्यस्तै, सेवा सञ्चालन गरिरहेको सेवा प्रदायकसँग कुनै पनि दायित्व रहेको हुनुहुँदैन । सेवाप्रदायकले उक्त नम्बर ब्लक गरेको वा कुनै सेवा रोक नलगाएको हुनुपर्छ ।

पोर्टिङ्ग गरे वापत एमएनपी सञ्चालकले उठाउने शुल्क प्राधिकरणले निर्धारण गर्नेछ । एमएनपी सेवाको सम्बन्धमा उपोभोक्ताले उपलब्ध गराएका कुनै पनि तथ्याङ्कलाई दूरसञ्चार सेवा प्रदायक र एमएनपी सञ्चालकले गोप्य राख्नेछन् ।
साथै अदालतबाट मोबाइल नम्बर पोर्टिङ गर्न रोक नलगाएको हुनुपर्नेछ ।

त्यसैगरी पोर्टिङका लागि अनुरोध पेश गरेको समयमा तत्कालीन सेवा प्रदायकले उक्त मोबाइल नम्बर ब्लक नगरेको वा सेवामा रोक नलगाएको हुनुपर्ने योग्यता तोकिएको छ ।

यी सबै शर्त पूरा भएको ग्राहकले नम्बर परिवर्तनको अनुरोध फारम भनेर नयाँ सेवा लिन चाहेको सेवा प्रदायकको कार्यालयमा बुझाउनु पर्नेछ ।

यस पोर्टिङ प्रक्रियामा जुन सेवा प्रदायकको सेवा दिन चाहेको सोही सेवा प्रदायकको कार्यालयमा गएर निवेदन दिनुपर्ने हुन्छ । प्राधिकरणले उक्त नियमावलीका सम्बन्धमा राय, सुझाव तथा प्रतिक्रिया एक महिनासम्म उपलब्ध गराउन सक्ने जनाएको छ ।

यस्तो छ मस्यौदा