कीवर्डहरू -

तेस्रो त्रैमासमा एनसेलको आम्दानी १० अर्ब १५ करोड

तेस्रो त्रैमासमा एनसेलको आम्दानी १० अर्ब १५ करोड

एनसेलले सन् २०२१ को तेस्रो त्रैमासिकमा १० अर्ब १५ करोड ८० लाख आम्दानी गरेको छ । तेस्रो त्रैमासिक जुलाईदेखि सेप्टेम्बरसम्मको वित्तिय विवरण अनुसार कम्पनीले ३ महिनामा १० अर्ब १५ करोड रूपैयाँ आम्दानी गरेको हो ।

गत वर्ष सोही अवधिमा कम्पनीले १० अर्ब ३ करोड ६० लाख रूपैयाँ आम्दानी गरेको थियो । गत वर्षको तेस्रो त्रैमासको भन्दा यो वर्षको तेस्रो त्रैमासमा केही आम्दानी बढाएको छ । एनसेलको आम्दानी कुल हिस्सा मध्ये ३० प्रतिशत हिस्सा डेटाको रहेको छ ।

तेस्रो त्रैमासिकमा एनसेलको कुल आम्दानीको ४१.७ प्रतिशत खर्च सञ्चालनमा भएको कम्पनीले जनाएको छ । एनसेल नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी हो ।

नेपाल दूरसञ्चार प्राधिकरणको असोजसम्मको तथ्यांक अनुसार एनसेलका १ करोड ६५ लाख ५६ हजार प्रयोगकर्ता रहेका छन् । जसमा ६० लाख फोरजी ग्राहक रहेका छन् ।