कीवर्डहरू -

पुस ५ गतेदेखि ११ दिने ‘नेपाल एआई हिउँदे पाठशाला’ आयोजना हुँदैं, कसरी हुने सहभागी ? 

पुस ५ गतेदेखि ११ दिने ‘नेपाल एआई हिउँदे पाठशाला’ आयोजना हुँदैं, कसरी हुने सहभागी ? 

आगामी डिसेम्बर २० देखि ३० अर्थात पुस ५ गतेदेखि १५ गतेसम्म नेपाल एआई हिउँदे पाठशाला आयोजना हुने भएको छ ।

नेपालका विद्दयार्थी, शिक्षक, प्राध्यापक, प्राविधिक इन्जिनियर्स एवं उद्यमीहरुलाई एआईका अत्याधुनिक विषयमा प्रभावकारी सीप विकास गर्ने उद्देश्यले नेपाल एप्लाइड म्याथम्याटिक्स एण्ड इन्फर्म्याटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) ले नेपाल एआई हिउँदे पाठशालाको तेस्रो संस्करण आयोजना गर्न लागेको हो ।

अघिल्ला दुई संस्करणहरूमा पाठशालाले लगभग १ हजार आवेदनहरू प्राप्त गरेको थियो जसबाट २० विभिन्न देशहरूबाट ३००  आवेदकहरुलाई सहभागिताको लागि छनौट गरिएको थियो । सो पाठशालाले विश्व प्रसिद्ध वैज्ञानिकहरू, विश्वका केही प्रमुख विश्वविद्यालयहरू तथा अनुसन्धान संस्थानहरूमा काम गर्ने प्राध्यापकहरू र अनुसन्धानकर्ताहरूलाई एउटै मन्चमा ल्याउने सुनौलो अवसर प्रदान गर्दै आएको छ ।

यस वर्ष हिउँदे पाठशाला दुई किसिमबाट संचालन हुनेछ ।  यसले गर्दा वक्ता र सहभागीहरू दुवैले आफ्नो अनुकुल अनुसार लेक्चर हलमा स्वयं उपस्थित  हुने अथवा इन्टरनेटको माध्यमबाट भर्चुअल्ली उपस्थित हुने भन्ने कुराको निर्णय गर्न सक्नेछन् ।

नेपाल एआई हिउँदे पाठशालाको मुख्य उद्देश्य सहभागीहरुलाई  दैनिक गतिविधिहरू र जटिल अनुसन्धान वातावरणमा प्रयोग हुने विभिन्न एआई प्रविधिहरूको सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्नु हो ।

यसमा आर्टिफिसियल न्यूरल नेटवर्क,  न्याचुरल ल्यांवेज प्रोसेसिंग (एनएलपी), कम्प्युटर भिजन, सेमी-सुपरभाइज्ड र अनसुपरभाइज्ड लर्निङ, जिओमेट्रीक डिप लर्निङ, भीएई एण्ड जीएएन आदि जस्ता आकर्षक विषयहरूको बारेमा विस्तृतरु पमा पढाई हुनेछ ।

हिउँदे पाठशाला विभिन्न विधामा अध्यनरत विद्यार्थीहरु, शिक्षाविद्हरू लगायत विभिन्न व्यावसायमा संलग्न व्यक्तिहरु जो एआई र यसका एप्लिकेसन बारे सिक्न इच्छुक सहभागी हुन सक्नेछन् ।

यस हिउँदे एआई विद्यालयमा लगभग २५ आमन्त्रित विश्व-स्तरीय विशेषज्ञहरूद्वारा तयार पारिएका पाठ्यक्रमहरु तथा प्रयोगशाला सत्रहरू, र वैज्ञानिक पेपर पठन/लेखन सत्रहरूको श्रृंखला समावेश गरिएको छ ।

यस ११ दिने कार्यक्रममा गहन अध्ययनका साथै एक दिने पैदल यात्रा र गाला डिनर जस्ता रोचक सामाजिक कार्यक्रमहरू पनि समावेश गरिएको छ ।

तेस्रो नेपाल एआई हिउँदे पाठशालामा आवेदन दिने अन्तिम समय आउँदो डिसेम्बर १ सम्म रहेको छ । , कुनै पनि उद्योगमा आवद्ध नभएका पूर्ण-समय अध्ययनमा व्यतित गर्ने विद्यार्थीहरुको लागि सिीमित छात्रवृत्ति सिटहरू समेत उपलब्ध गराइएको छ । महिला र अल्पसंख्यक समूहहरूलाई आवेदन दिन विशेषरु पमा  प्रोत्साहित गरिने आयोजकले जनाएको छ ।

नेपाल एआई हिउँदे पाठशालामा निश्चित शुल्क तिरेर सहभागी हुन सकिने छ । यदी तपाई पनि सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी फाराम भर्नुहोस् ।