कीवर्डहरू -

आइसिटी अवार्डका उत्कृष्ट ५ प्रतिस्पर्धीको ‘स्टोरी शेयरिङ सेसन’ बुधबार, यसरी हुनुहोस् सहभागी

आइसिटी अवार्डका उत्कृष्ट ५ प्रतिस्पर्धीको ‘स्टोरी शेयरिङ सेसन’ बुधबार, यसरी हुनुहोस् सहभागी

बुधबार आइसिटी अवार्ड २०२१ का उत्कृष्ट ५ स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनहरूको स्टोरी शेयरिङ सेसन हुने भएको छ । आइसिटी अवार्डको प्रि इभेन्ट क्यापेनका रूपमा स्टोरी शेयरिङ सेसन हुन लागेको हो ।

स्टोरी शेयरिङ सेसन बुधबार दिउँसो साढे ३ बजेदेखि कुमारी हल पुतलिसडकमा शुरू हुनेछ । आइसिटी अवार्ड २०२१ को उत्कष्ट ५ स्टार्टअप कम्पनीमा डुलुवा एक्सपेडिसन्स प्रा.लि, हाउस अफ बुक्स प्रा.लि, खेती भेन्चर प्रा.लि, निर्वाण साथी टेक्नोभेसन प्रा.लि र पुर्‍याउ सर्भिसेस प्रा.लि छनोट भएका छन् ।

त्यस्तै प्रडक्ट विधा अन्तर्गत उत्कृष्ट ५ मा बगभी, आइएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम, मिखा, प्लान्टस्याट र सायक रहेका छन् ।

राइजिङ स्टार इन्नोभेसन विधाको उत्कृष्ट ५ मा आक्स माट्ररव, आइओटी ब्यास्ड इकोनोमिकल एयर प्युरिफायर फर द ग्लोबल साउथ, मुसोर, ओपन प्लास्टपेपर र रेन्ट अ बाइक छनोट भएका थिए ।

यस स्टोरी शेयरिङ सेसनमा निःशुल्क प्रवेश गर्न सकिने छ । जसका लागि यहाँ क्लिक गरी फाराम भर्नुहोस् । यो वर्षको आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस २ गते सोल्टी होटलमा आयोजना हुँदैछ । जसको शीर्ष प्रायोजन एफवान सफ्टले गरेको छ भने सह-प्रयोजनमा नेपाल टेलिकम र जेनस रहेका छन् ।

त्यस्तै पावर्ड पार्टनरमा ह्वावे इन्डोर्स्ड पार्टनरमा नेपाल दूरसञ्चार प्राधिकरण, क्याटोगोरी पार्टनरमा एनसेल, बैंकिङ पार्टनरमा राष्ट्रिय वाणिज्य बैंक, नलेज पार्टनरमा प्रेसिडेन्सियल बिजनेस स्कूल, इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट छन् ।

त्यस्तै रिसेक्युरिटी, अप्लाइ जब, डायनामिक ईआरपी, एमिनेन्स वेज, इसेवा, हाम्रो पात्रो, टेक्नोरियो, फ्युज मेसिन, एमएमबी बैंक, बार कोड, सीएसआईटी एशोसिएसन र सरकारी कार्यालयहरूको पनि सहयोग रहेको छ ।