कीवर्डहरू -

सामाजिक सञ्जालमा ट्रोल गर्नेको पहिचान खुलाउन कानून ल्याउने तयारीमा अष्ट्रेलिया

सामाजिक सञ्जालमा ट्रोल गर्नेको पहिचान खुलाउन कानून ल्याउने तयारीमा अष्ट्रेलिया

अष्ट्रेलियाले सामाजिक सञ्जालमा ट्रोल गर्नेको पहिचान खुलाउन कानून ल्याउने तयारी गरेको छ । सामाजिक सञ्जालमा नराम्रो कमेन्ट गर्नेको संख्या वृद्धि भएसँगै अष्ट्रेलियाले यो कानून ल्याउने भएको हो । जसले गर्दा सामाजिक सञ्जालमा अनैतिक व्यवहार देखाउने प्रयोगकर्ताहरुलाई निकै समस्या हुन सक्नेछ ।

रोयटर्सको अनुसार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिशनले ट्रोल र अपमानजनक कमेन्ट गर्ने प्रयोगकर्ताहरुको पहिचान खुलाउने कानून ल्याउने तयारी गरिरहेका छन् ।

कसैले अनैतिक कन्टेन्टलाई रिपोर्ट गरेको छ भने त्यस्तो कन्टेन्टलाई सान्दर्भिक सामाजिक सञ्जालले हटाउनुपर्ने हुन्छ भनेर पनि व्यवस्था गरिनेछ ।  । अष्ट्रेलियाको सरकारले कानूनी रुपमानै गलत काम गर्नेको पहिचान बाहिर ल्याईदिन सक्ने छ ।

यो कानून अहिले चीनमा रहेको छ । सिएनएनले आफ्नो फेसबुक पेजमा अष्ट्रेलियाका लागि पहिलेनै कमेन्ट सिमित गरिदिने व्यवस्था मिलाई सकेको छ ।