कीवर्डहरू -

इन्स्टाग्राम स्टोरीमा एकैपटक यसरी सेयर गर्नुहोस् धेरै फोटो 

इन्स्टाग्राम स्टोरीमा एकैपटक यसरी सेयर गर्नुहोस् धेरै फोटो 

अहिले प्रयोगकर्ताहरुले एपीमेरल अर्थात २४ घण्टामा आफै डिलिट हुने कन्टेन्ट हाल्न निकैनै रुचाउने गर्दछन् । इन्स्टाग्राममा पनि धेरै प्रयोगकर्ताहरुले स्टोरी सेयर गरिरहेका हुन्छन् । आज हामी इन्स्टाग्राम स्टोरीमा एकैचोटि धेरै फोटो कसरी सेयर गर्ने बारे छलफल गर्नेछौँ ।

सर्वप्रथम आफ्नो स्मार्टफोनमा इन्स्टाग्राम खोल्नुहोस् । अब एपको माथिल्लो बारको प्लस आइकनमा क्लिक गर्नुहोस । अब त्यहाँ दिइएको विभिन्न अप्सनहरुबाट स्टोरी भन्ने अप्सनमा थिच्नुुहोस् । अब तपाईले सेलेक्ट गर्नुपर्ने फोटो फोनको तल्लो भागबाट छान्नुपर्छ ।

त्यसपछि सेयर गर्नुपर्ने फोटो वा भिडियो सेलेक्ट गरेपछि स्क्रीनको माथिल्लो भागमा रहेको स्टीकर आइकनमा क्लिक गर्नुहोस् । मेन्युबारबाट ग्यालेरीमा लास्ट फोटोको अप्सन पाउन सक्नुहुन्छ । यो सेल्फी अप्सनको छेउमै पाइन्छ ।

अब त्यहाँबाट अर्काे कुन ईमेज राख्ने भनेर छान्न सकिन्छ । ईमेजलाई कहाँ राख्ने हो भनेर आफूखुशी मिलाउन मिल्छ । अझै फोटो हाल्नलाई पनि यही प्रक्रिया पुनः दोहोर्याउनुपर्ने हुन्छ ।