कीवर्डहरू -

ब्रिटिस कलेजमा अब ब्याचलर्समा साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सीक कोर्ष पढाइ हुने

ब्रिटिस कलेजमा अब ब्याचलर्समा साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सीक कोर्ष पढाइ हुने

द ब्रिटिस कलेजले बीएससी (अनर्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सीक कोर्ष सार्वजनिक गरेको छ । बिहीबार सोल्टी होटलमा एक कार्यक्रम आयोजना गर्दै कलेजले बीएससी (अनर्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सीक कोर्ष सार्वजनिक गरेको हो । यो पाठ्यक्रम स्नातक तहका लागि उपलब्ध गराइएको हो ।

नेपालमा पनि ईन्टरनेटको प्रयोग बढ्दै गएसँगै साइबर आक्रमणहरू बढ्न थालेकाले द ब्रिटिस कलेजले यो कोर्ष ल्याएको हो । पछिल्लो समय विश्वभर नै साइबर सेक्युरिटीको विषय जटिल बन्दै गएको छ ।

यो वर्ष मात्रै अमेरिकामा ४.२४ मिलियन अमेरिकी डलर बराबरको डेटा ब्रिच भएको थियो । नेपालमा पनि पछिल्लो समय सामाजिक सञ्जालको दूरूपयोग सम्बन्धि ४ हजार ६१४ उजुरी दर्ता भएका छन् । यस्तो समयमा विश्व लगायत नेपालमा पनि साइबर सेक्युरिटीको माग बढ्दो मात्रामा छ । त्यही अवस्थालाई मध्यनजर गर्दै ब्रिटिस कलेजले यो कोर्ष नेपालमा ल्याएको हो । यो कोर्ष वेस्ट अफ इगंल्याण्ड विश्वविद्यालयसँग सहकार्य गरेर ल्याएको कलेजले जनाएको छ ।

यस कोर्षले व्यवसायहरुलाई साइबर आक्रमण व्यवस्थापन गर्न र डिजिटल प्रमाण पत्ता लगाउन सहयोग गर्नेछ । आईटी सुरक्षा एकदमै महत्वपूर्ण हुँदै गईरहेकाले यो कोर्स पनि एकदमै उपयोगी हुने कलेजको विश्वास छ । यो कोर्ष पढेर फोरेन्सिक, ई डिस्कभरी, सेक्युरिटी टिम, कानूनी अभ्यास र पुलिस फोर्समा काम पाउन सकिन्छ ।