डिजिटल वालेट माई पेले १०३ जना कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न १८ पदमा १०३ जना कर्मचारी माग गरेको हो ।
माई पेले युआई/युएक्स डिजाइनर ५ जना, एचआर अफिसर १ जना, प्रडक्ट डिजाइनर ५ जना, एडमिनिस्ट्रसन तथा प्रोक्युअरमेन्ट अफिसर ३ जना, आईटी अफिसर एण्ड आईटी एसिस्टेन्ट ५ जना, रिसेप्सनिष्ट १ जना, डटनेट डेभलपर १० जना, फाइनान्स अफिसर २ जना माग गरेको छ ।
त्यसैगरी क्वालिटी असुरेन्स (क्युए) इन्जिनियर ५ जना, बिजनेस एनालिष्ट १० जना, लिगल एण्ड कम्प्लायन्स अफिसर १ जना, फ्रन्ट इन्ड डेभलपर ८ जना, अप्रेसन म्यानेजर १ जना, आईओएस डेभलपर ५ जना, एन्ड्रोइड डेभलपर ५ जना, कल सेन्सटर इन्चार्ज १ जना, कल सेन्टर प्रतिनिधि २० जना र बिजनेस डेभलपमेन्ट अफिसर १५ जना माग गरेको छ ।
माथिका यी पदमा इच्छुक व्यक्तिले आफ्नो सीभी [email protected] मा इमेल गर्न सक्नेछन् । त्यस्तै कुमारी जब डटकम मा गएर पनि माथिका पदमा अप्लाई गर्न सकिने छ । आगामी डिसेम्बर २० सम्म आवेदन दिन सकिने छ ।
स्मार्टकार्ड नेपाल प्रालि सञ्चालन गर्ने माई पे वालेट नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा अनुमति प्राप्त संस्था हो । जसबाट विभिन्न किसिमका भुक्तानी अनलाइनबाटै गर्न सकिने छ ।
माई पेले बजारमा आक्रमक रूपमा प्रवेश गर्ने योजना बनाएको छ । केही समयपछि माई पे औपचारिक रूपमा सार्वजनिक हुने जनाइएको छ । हाललाई माई पेको एन्ड्रोइड एप गूगल प्ले स्टोरबाट डाउनलोड गरेर प्रयोग गर्न सकिने छ । एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।