कीवर्डहरू -

सन् २०२२ मा पुनः क्रोनोलोजिकल फिड ल्याउँदै इन्स्टाग्राम

सन् २०२२ मा पुनः क्रोनोलोजिकल फिड ल्याउँदै इन्स्टाग्राम

इन्स्टाग्रामले सन् २०२२ मा पुनः  क्रोनोलोजिकल फिड ल्याउने भएको छ । इन्स्टाग्रामको शीर्ष अधिकारीले बुधबार यस बारेमा जानकारी दिएका थिए ।

उनले अब एपमा प्रयोगकर्ताहरुले क्रोनोलोजिकल फिडको अप्सन छान्न सक्ने बताएका छन् । कम्पनीले यस फिचरमा महिनौँ देखि काम गरिरहेको पनि उनले बताएका छन् ।

इन्स्टाग्रामले हालै फलो नगरेको अकाउन्टको पोस्ट देखाएर सजेस्टेड पोस्ट भनेर पनि फिचर जाँच गर्न थालेको छ । यसले तपाईलाई नयाँ अकाउन्टको पोस्टहरु भेट्याउनलाई पनि सहज पार्ने गर्दछ ।

सन् २०१६ मा इन्स्टाग्रामले क्रोनोलोजिकल फिड ल्याउँदा धेरै प्रयोगकर्ताहरुले अरुको पोस्ट हेर्न नपाएको गुनासो गरेका थिए । अब यो पालि इन्स्टाग्रामले के परिवर्तन ल्याउने छ भनेर मूल्याकंन गर्नुपर्ने हुन्छ ।