कीवर्डहरू -

भारतका प्रधानमन्त्री नरेन्द्र मोदिको ट्वीटर अकाउन्ट ह्याक

भारतका प्रधानमन्त्री नरेन्द्र मोदिको ट्वीटर अकाउन्ट ह्याक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको ट्वीटर अकाउन्ट केही समयका लागि ह्याक भएको छ । आइतबार नरेन्द्र मोदि नामक मोदिको अकाउन्ट केही समयका लागि ह्याक भएको हो । ह्याकरले आधिकारिक अकाउन्टबाट बिटकोइनको बारेमा ट्वीट पनि गरेको थियो ।

अकाउन्ट ह्याकपछि ट्वीटमा मध्यरात पछि भारतमा बिटकोइनलाई आधिकारिक टेन्डरको रुपमा ल्याइएको बताइएको थियो । ट्वीटमा भारतले बिटकोइनको खरिद गरेको र देशव्यापी रुपमा जनताहरुलााई बिटकोइन वितरण गर्ने सोचिरहेको उल्लेख गरिएको छ ।

त्यसपछि केही समयमै मोदिको अकाउन्ट अब सेक्योर पारिएको र हालको ट्वीटलाई बेवास्ता गर्न भनेर फेरि ट्वीट गरिएको थियो ।

नरेन्द्र मोदिको ट्वीटर अकाउन्ट ७३ मिलियन फलोअर छन्  । अकाउन्ट ह्याक कसले गरेको हो भन्नेबारे केही पनि जानकारी रहेको छैन् । अहिले उक्त अकाउन्ट सुरक्षित बनाइएको छ ।

\"\"

फोटो: आदित्य राज कौल