कीवर्डहरू -

भिडियोका लागि ट्वीटरमा अटो क्याप्सन फिचर

भिडियोका लागि ट्वीटरमा अटो क्याप्सन फिचर

ट्वीटरले भिडियोका लागि अटो क्याप्सन फिचर सार्वजनिक गरेको छ । यो फिचर एन्ड्रोइड, आईओएस र वेब प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।

तपाईले म्युटेड भिडियो हेर्दा अटोमेटिक क्याप्सन हेर्न सक्नुहुनेछ । आफ्नो फोनको एक्सेसिबिलिटी सेटिङ्ग प्रयोग गरेर भोलुम बढाउन सक्नुहुनेछ । यसका लागि तपाईले सिसि बटन प्रयोग गर्न सक्नुहुनेछ ।

यो फिचरलाई अझै परिमार्जित गर्दै लैजाने कम्पनीको योजना रहेको छ । अब देखि हरेक भिडियोका लागि यो फिचर उपलब्ध रहनेछ । तर फिचरले गलत क्याप्सन देखाएमा यसको बारेमा रिपोर्ट गर्ने कुनै पनि तरिका छैन् ।