कीवर्डहरू -

मानसिक स्वास्थ्यमा असर गरेको भन्दै कन्टेन्ट समिक्षकद्वारा टिकटकविरुद्ध मुद्दा

मानसिक स्वास्थ्यमा असर गरेको भन्दै कन्टेन्ट समिक्षकद्वारा टिकटकविरुद्ध मुद्दा

मानसिक स्वास्थ्यमा असर गरेको भन्दै टिकटकविरुद्ध मुद्दा परेको छ । ब्लुमबर्गको रिपोर्ट अनुसार कन्टेन्ट समीक्षक क्यानडी फ्रेजरले ग्राफिक भिडियोले मानसिक स्वास्थ्यमा हानी पुर्‍याएको भन्दै टिकटक विरुद्ध मुद्दा हालेकी हुन् ।

उनले हिसां, विद्यालयमा गोली प्रहार, मृत्यु र नरभक्षण पनि देखेको अनुभव सुनाएकी छिन् । यो सबै कारणले राती निद्रा पनि नलाग्ने र सुतेमा पनि एकदमै डरलाग्दो सपना देखेर ब्युझिने गरेको बताएकी छन् ।

टिकटकले कन्टेन्ट समीक्षकहरुलाई १२ घण्टासम्म काम गर्न लगाउने गर्दछ, जसमा जम्मा एउटा एक घण्टाको खाजा खाने छुट्टी र दुई ओटा १५ मिनेटको छुट्टी कम्पनीले दिने गरेको छ ।

धेरै कन्टेन्टहरु हुने हुँदा कन्टेनट मोडरेटरले एउटा भिडियो २५ सेकण्डसम्म मात्रै हेर्न पाउँछन् र त्यसमा पनि एकैचोटि तीन चार ओटा भिडियो हेर्नुपर्ने हुन्छ ।

टिकटकले कन्टेन्ट समीक्षा गर्दा धेरै मानसिक तनाव हुने कारणले ४ घण्टको सिफ्ट मात्रै राख्ने भनेको थियो तर त्यस गाइडलाइनलाई कार्यान्वयनमा नल्याइरहेको पाइएको छ ।

समीक्षकहरुले दर्शकले नराम्रो कुरा नहेर्नुपरोस भनेर त्यस्ता कन्टेन्टहरु आफै हेर्ने गर्दछन् । जसले गर्दा उनीहरुको मानसिक स्वास्थय एकदमै बिग्रिने गरेको बताइएको छ । यस्तै मुद्दा फेसबुकको विरुद्ध पनि सन् २०१८ मा लगाइएको थियो ।

फेसबुकमा काम गर्ने एक जना सामग्री समीक्षक (फेसबुक मोडेरेटर) ले संसदीय समितिमा मनावैज्ञानिक समस्या भोग्नु परेको बताएकी थिइन । फेसबुकमा ‘कन्टेन रिभ्यु’ गर्ने समीक्षकले दिनको आठ घण्टासम्म ‘ग्राफिक’ सामग्री हेर्नु परेको आइरिश संसदमा खुलेको थियो  ।

इसाबेल्ला प्लुङकेटले फेसबुकको विरुद्ध सन् २०१८ मा मुद्दा हालेकी थिइन् । उनको काम फेसबुक प्लेटफर्ममा आएका पोष्टहरूको समीक्षा गर्नु हो– जसमा हिंसा, शोषण, चरमपन्थी, दुरुपयोग र आत्महत्या जस्ता कन्टेन्टहरु समावेश भएका हुन्छन् ।

समीक्षक जागिरको सम्झौता हुदा नन डिस्क्लोजर एग्रिमेन्ट (एनडिए) मा हस्ताक्षर गरेको कारणले समीक्षकले काम गर्ने शिलशिलामा आफूले देखेका दृष्यहरुका बारेमा साथी वा परिवारलाई भन्न सक्दैनन्  ।

मध्यस्थकर्ताहरूलाई काम सुरू गर्नु अघि नै डिस्क्लेमरमा हस्ताक्षर गर्न लगाइएको हुन्छ, जसमा जागिरमा देखिएको सामग्रीले खराब मानसिक स्वास्थ्य र पिटीएसडी (पोस्ट ट्रोम्याटिक स्ट्रेस डिसअर्डर) निम्त्याउन सक्छ भनेर पनि भनिएको हुन्छ ।