कीवर्डहरू -

क्लासिक टेकले नेपालमै पहिलो पटक ल्यायो १ हजार एमबीपीएसको इन्टरनेट, कति छ मूल्य ? 

क्लासिक टेकले नेपालमै पहिलो पटक ल्यायो १ हजार एमबीपीएसको इन्टरनेट, कति छ मूल्य ? 

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालमै पहिलो पटक १ जीबीपीएस अर्थात १००० एमबीपीएसको इन्टरनेट भित्र्याएको छ । कम्पनीले मेस वाईफाईसहित १ हजार एमबीपीएसको इन्टरनेट सार्वजनिक गरेको हो ।

यस अन्तर्गत कम्पनीले १५० एमबीपीएस देखि १ हजार एमबीपीएस स्पीडसम्मको इन्टरनेट उपलब्ध हुनेछ । कम्पनीले १५० एमबीपीएस स्पीड इन्टरनेटको मूल्य १ हजार १९९ रूपैयाँ तोकेको छ ।

२२५ एमबीपीएस स्पीड इन्टरनेटको मूल्य १ हजार ३९९ रूपैयाँ तोकिएको छ । त्यस्तै ३२५ एमबीपीएसको इन्टरनेटको मूल्य १६ सय ४९ रूपैयाँ, ६२५ एमबीपीएसको इन्टरनेटको मूल्य २ हजार ४९९ रूपैयाँ र १ हजार एमबीपीएस इन्टरनेटको मूल्य ३ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

१५० एमबीपीएसको १ एउटा आईपीटिभी टिभी, २२५ र ३२५ एमबीपीएसकोमा २ वटा आईपीटिभी, ६२५ र १००० एमबीपीएसकोमा ३ वटा आईपीटिभी पाइने छ । कम्पनीको इन्टरनेट प्याकेज र शुल्कको बारेमा थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।