कीवर्डहरू -

फेसबुकमाथि महिलाको स्वास्थ्य सामग्री सम्बन्धी विज्ञापन अस्वीकार गरेको आरोप

फेसबुकमाथि महिलाको स्वास्थ्य सामग्री सम्बन्धी विज्ञापन अस्वीकार गरेको आरोप

६० भन्दा बढी कम्पनीले फेसबुकमाथि महिलाको स्वास्थ्य सामग्री सम्बन्धी विज्ञापन अस्वीकार गरेको आरोप लगाएका छन् । महिलाको स्वास्थ्य सामग्रीलाई ‘एडल्ट कन्टेन्ट’ भनेर विज्ञापन नदिने गरेको कम्पनीहरुको गुनासो रहेको छ ।

यसले गर्दा फेसबुकले लिंग विभेद गरिरहेको सेन्टर फर इन्टिमेशी जस्टिसको रिपोर्टले बताएको छ । यस्तो विज्ञापन राख्न खोज्ने कम्पनीहरुको अकाउन्ट समेत फेसबुकले खारेज गरिदिएको पाइएको छ ।

सेन्टर फर इन्टिमेशी जस्टिसले गरेको सर्वेक्षणमा ६० ओटा कम्पनी सहभागी रहेका थिए र सबै कम्पनीको कुनै न कुनै समयमा विज्ञापन रिजेक्ट भएको पाइएको छ ।

विज्ञापन हालिदिएता पनि फेसबुकले वास्तविक स्वास्थ्य सामग्री कस्तो छ भनेर देखाउन दिदैन र यसले धेरै व्यवसायीहरुलाई समस्या पारिरहेको देखिन्छ । केटा मान्छेको भने अनैतिक सामाग्रीहरु पनि फेसबुकमा आइरहेको पनि सर्वेक्षणले पत्ता लगाएको छ ।