कीवर्डहरू -

केही दिनदेखि इन्टरनेट सेवा किन प्रभावित भइरहेको छ ? यस्तो छ सेवा प्रदायकको भनाइ

केही दिनदेखि इन्टरनेट सेवा किन प्रभावित भइरहेको छ ? यस्तो छ सेवा प्रदायकको भनाइ

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले सबमरिन केबलहरूमा समस्या देखिएपछि इन्टरनेट सेवा प्रभावित भएको बताएको छ ।

केही दिनदेखि इन्टरनेट सुस्त भएको गुनासो ग्राहकले गर्न थालेपछि आईस्पानले एक विज्ञप्ती जारी गर्दै समुन्द्र मुनि बिच्छ्याइएको सबमरिन केवलमा समस्या आउँदा इन्टरनेट प्रभावित भएको जानकारी दिएको हो ।

नेपालका अपस्ट्रिम प्रदायक टाटा, एयरटेल, सिफीका अनुसार मुम्बई खाडी मार्गको उप-समुद्री भागका सबमरिन केवलहरुमा समस्या देखिएको आइस्पानले जनाएको छ ।

अपस्ट्रिम प्रदायकहरुले हालको अवस्थामा वैकल्पिक मार्गहरु प्रयोग गरिरहेका छन् । त्यसकारण इन्टरनेट सेवामा ल्याटेन्सी बढ्ने तथा प्याकेट ड्रप पनि हुनसक्ने भएकोले गर्दा इन्टरनेट सेवा प्रभावित हुन सक्ने छ ।

अपस्ट्रिम प्रदायकहरुका अनुसार मर्मत केवल जहाज, पानीमा मौसमको अवस्था र मर्मत कार्यका लागि अनुमति लिने जस्ता निर्भरताहरुका कारणले गर्दा यी समस्या समाधान गर्न केही हप्ता लाग्न सक्ने छ ।