कीवर्डहरू -

साइबर आक्रमणसँग लडन अष्ट्रेलिय र बेलायतको सहकार्य

साइबर आक्रमणसँग लडन अष्ट्रेलिय र बेलायतको सहकार्य

अष्ट्रेलिया र बेलायतले साइबर आक्रमणहरुसँग लडनका निम्ति सहकार्य गरेका छन् । यी दुई राष्ट्रले संयुक्त रुपमा साइबर आक्रमण गराउने राष्ट्रहरुसँग लड्ने निर्णय गरेका छन् ।

स्वतन्त्रता र प्रजातन्त्रलाई नोक्सानी पुर्‍याउने सबैको विरुद्ध शक्तिशाली रुपमा प्रस्तुत हुने यी दुई राष्ट्रको अठोट रहेको छ ।

२० जनवरी सिड्नीमा अष्ट्रेलियाको परराष्ट्र मन्त्री म्यारिस पेन र बेलायतका विदेश सचिव लिज ट्रसले साइबर र क्रिटिकल प्रविधि साझेदारीमा हस्ताक्षर गरेका छन् ।

सुरुको चरणमा यस साझेदारीद्वारा यी दुई राष्ट्रले इन्डो प्यासिफिक क्षेत्रको साइबर क्षमताको विकासमा काम गर्नेछन् ।

दुवै अष्ट्रेलिया र बेलायतले निरन्तर रुपमा रुस, चीन र इरान जस्ता देशहरुबाट साइबरहमला भोरिहनु परिरहेको हुन्छ र त्यसैलाई नियन्त्रित गर्नका लागि यो कदम चालिएको हो ।