कीवर्डहरू -

ट्वीटरको क्लोज फ्रेण्ड्स फिचर, १५० जनासँग ट्वीट सेयर गर्न सकिने

ट्वीटरको क्लोज फ्रेण्ड्स फिचर, १५० जनासँग ट्वीट सेयर गर्न सकिने

ट्वीटरको क्लोज फ्रेण्ड्स फिचरले १५० जनासम्म सेलेक्ट गरिएको प्रयोगकर्तासँग ट्वीट सेयर गर्न दिन्छ । यो फिचर अहिले विकास क्रममानै रहेको छ । फिचरको नाम फ्लक रहेको छ ।

यो फिचर इन्स्टाग्राममा पनि रहेको छ । यो फिचरको बारेमा ट्वीटरले गत जुलाईमानै बताएको थियो र त्यो समयमा यो फिचरको नाम ट्रस्टेड फिचर रहेको थियो । त्यो समयदेखि मोबाइल विकासकर्ता एलेज्यान्ड्रो पालुज्जीले ट्वीटरको प्रगातिलाई पछयाइरहेका छन् ।

ट्वीटरले फ्लकका लागि छुट्टै पेजको विकास गरिरहेको छ जसमा १५० जना सम्म सदस्य आड गर्न सकिन्छ ।

तपाईलाई कसैलाई हटाउनुपरे फ्लकको सूचीबाट हटाउन पनि सकिन्छ । फ्लकमा ट्पीट गर्नअघि कम्पनीले तपाईको क्लोज फ्रेण्ड्सहरुको सूची पुनः देखाउने गर्दछ ।

यो फिचरले गर्दा आफ्नो मिल्ने मान्छेसँग मात्रै केही कुरा सेयर गर्न सकिनेछ ।