कीवर्डहरू -

नाैं वर्षिय यी अर्बपति बालक, जसकाे छ आफ्नै प्राइभेट जेट

नाैं वर्षिय यी अर्बपति बालक, जसकाे छ आफ्नै प्राइभेट जेट

विश्वमै सबैभन्दा कम उमेरमा नाईजेरियाका महम्मद अवाल मुस्ताफा अर्बपति बन्न सफल भएका छन् । नौँ वर्षीय महम्मद अवाल मुस्ताफा विश्वमै सबैभन्दा कम उमेरमा अर्बपति बनेका हुन् ।

उनको नाम मोम्फा जुनियर पनि रहेका छ र उनी एक इन्फ्लुयेन्सर हुन् । उनको इन्स्टाग्राममा २९ हजार ८०० जना फ्लोअर रहेको छन् ।

मोम्फा जुनियर नाईजेरियाको इन्टरनेट सेलिब्रेटी तथा करोडपति इस्मेलियम मुस्ताफाका छोरा हुन् । मुस्ताफालाई ६ वर्षको उमेरमै आफ्नै सुविधासम्पन्न घर बुवाले खरिद गरिदिएका थिए ।

उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा भव्य जीवनको बारेमा पोस्ट गर्ने गर्दछन् । नौँ वर्षकै उमेरमा उनको आफ्नो प्राइभेट जेट र थ्रुपै सुविधासम्पन्न घरहरु रहेका छन् ।