कीवर्डहरू -

इन्स्टाग्राम अकाउन्ट हाईज्याक गरेर ४० हजार डलरसम्म माग्दै स्क्यामर

इन्स्टाग्राम अकाउन्ट हाईज्याक गरेर ४० हजार डलरसम्म माग्दै स्क्यामर

स्कयामरहरुले हाईज्याक गरिएको इन्स्टाग्राम अकाउन्टका लागि ४० हजार अमेरिकी डलरसम्म माग गरेका छन् । सेक्योर वर्कका अन्वेषकले हालैमा एक फिशिङ क्याम्पेन पत्ता लगाएका छन् ।

यो क्याम्पेनले कर्पाेरेट अकाउन्टहरुलाई लक्षित गरेको छ । त्यस्तै यसले धेरै फ्लोअर भएको इन्फ्लुयेन्सरहरुलाई पनि लक्षित गरेर इन्स्टाग्राम अकाउन्ट हाईज्याक गरिरहेको छ ।

ह्याकरहरुले फिशिङमार्फत इन्स्टाग्राम प्रयोगकर्ताहरुको डेटा चोरी गर्न खोजिरहेको पाइएको छ । तपाईले अरुको कपिराईट भएको पोस्ट हाल्न खोजेको भनेर साइबर अपराधीले एउटा झुठो नोटिफिकेशन पठाउने गर्दछन् ।

जुन नोटिफिकेशनमा लेखिएको हुन्छ ‘तपाईले इन्स्टाग्राममा पोस्ट गर्न खोज्नुभएको फोटोबारे गुनासो आएको छ । तपाइको पोस्ट कपिराईट इन्फ्रिजिङको रुपमा रिपोर्ट गरिएको छ । त्यसकारण यदि तपाईको अकाउन्ट केही नहोस् भन्ने चाहनुहुन्छ भने तल दिइएको लिकंबाट फाराम भर्नुहोस् ।’

त्यसपछि साइबर अपराधीहरुले फिशिङ वेबसाइटमा लग्ने गर्दछन् जुन साइबर अपराधीहरुद्वारा सञ्चालित हुन्छ । त्यो पेजमा पुगेपछि तपाईले आफ्नो अकाउन्ट लगइन गर्नुपर्ने हुन्छ ।

पासवर्ड हालेपछि तपाईको अपिल स्वीकृत गरिएको छ भनेर नोटिफिकेशन आउने गर्दछ । यस्तो गरेर अकाउन्ट साइबर अपराधीहरुले नियन्त्रण गर्न थाल्नेछन् । यति गरेर स्क्यामरहरुले ४० हजार अमेरिकी डलरसम्म माग गरेको पाइएको छ ।