कीवर्डहरू -

फरनिचर खरिद गर्दा जाँचका लागि पिन्ट्रेस्टमा अगमेन्टेड रियालिटी

फरनिचर खरिद गर्दा जाँचका लागि पिन्ट्रेस्टमा अगमेन्टेड रियालिटी

पिन्ट्रेस्टले एपमा फरनिचर खरिदका लागि अगमेन्टेड रियालिटी जोडेको छ । एपले होम फरनिचरका लागि ट्राई अन फिचरको विस्तार गरेको हो ।

कम्पनीले वेफेयर, क्रेट एण्ड ब्यारेल, म्यासीज एण्ड टारगेट जस्ता ठूला खुद्रा विक्रेता कम्पनीसँग सहकार्य गरेर २० हजार भन्दा बढि प्रडक्टको सेवाहरु प्रदान गरिरहेको छ ।

पिन्ट्रेस्टले पहिले पनि सौन्दर्य सामाग्रीका लागि ट्राई अन फिचर उपलब्ध गराएको थिया । यो फिचरले गर्दा प्रयोगकर्ताह्रुले भर्चुअल रुपले फर्निचरको जाँच गरेर खरिद गर्न सक्नेछन् ।

एपले पहिले सर्च गरेको सामाग्रीको आधारमा पनि तपाईलाई प्रडक्टहरुको सुझाव दिने गर्दछ ।

मान्छेहरुको घरको डिजाइन गर्नका लागि धेरैजसो पिन्ट्रेस्टमा आउने हुँदा यसमा झनै सहजता प्रदान गर्नका लागि पिन्ट्रेस्टले एपमा अगमेन्टेड रियालिटीको फिचर जोडेको हो ।