कीवर्डहरू -

मेटाले थ्रिडी अवतारमा अपडेट ल्याउँदै, अवतार फेसबुक, इन्स्टाग्राम, मेसेन्जर र भिआरमा चल्ने 

मेटाले थ्रिडी अवतारमा अपडेट ल्याउँदै, अवतार फेसबुक, इन्स्टाग्राम, मेसेन्जर र भिआरमा चल्ने 

मेटाको अपग्रेड गरिएको थ्रिडी अवतार फेसबुक, इन्स्टाग्राम, मेसेन्जर र भिआरका लागि काम गर्ने गर्दछ । जानवरी ३१ देखि मेटाले थ्रिडी अवतारमा अपडेट रोलआउट गरिरहेको छ ।

यो नयाँ डिजाइनले तपाईले एउटै अवतारलाई मेटा प्लेटफर्ममा पनि ल्याउन सक्नुहुनेछ । यी अवतारहरु तपाईसँग झनै बढि मिल्ने खाल्को हुनेछ किनभने मेटाले अनुहार, रगं वर्ण र अभिव्यक्तिमा अपडेट ल्याएको छ ।

यो मेटाभर्सको निर्माण तर्फ एक कदम नजिकिएको सरहनै हो । लुगामा पनि धेरै खालको नयाँ अप्सनहरु मेटाले ल्याउने भएको छ । भिआर मिटिङमा क्यारेक्टरहरु अझै वास्तविक देखिनका लागि यो अपडेट ल्याइएको हो ।