कीवर्डहरू -

जो रोगानको पोडकास्ट डिलिट गर्दै स्पटीफाई

जो रोगानको पोडकास्ट डिलिट गर्दै स्पटीफाई

स्पटीफाईले शुक्रबारदेखि जो रोगानको एपिसोडहरु हटाउन थालेको छ । यो लेख लेख्दा सम्म कम्पनीले ११३ ओटा भिडियोहरु हटाई सकेको छ । जो रोगान, एक अमेरिकी पोडकास्टरले कोभिड सन्दर्भमा अनावश्यक पोकास्टहरु बनाइरहेपछि पोडकास्टहरु डिलिट गर्न थालिएको हो ।

यही कारण्ले कम्पनीले कोभिड १९ को पोडकास्टहरुका लागि कन्टेन्ट एडभाइजरी पनि राख्ने भएको हो । ती कन्टेन्ट एडभाइजरीले दर्शकहरुलाई कोभिड १९  हबमा लगदिने गर्दछ जसले गर्दा स्पटीफाईका प्रयोगकर्ताहरले सही जानकारी पाउन सक्नेछन् । स्पटीफाईले आफ्नो कन्टेन्ट गाईडलाइन पनि सार्वजनिक गर्ने वाचा गरेको छ ।

स्पटीफाईले महामारीको सुरुवात देखि आफूले २० हजार कोभिड सान्दर्भिक भिडियो डिलिट गरेको पनि दावी गरेको छ । डाक्टर र वैज्ञानिकहरुले कम्पनीलाई ओपन लेटर लेखेपछि कम्पनीले यस विषयमा ध्यान दिन थालेको हो ।

जो रोगानको सबै भिडियो डिलिट गर्नका त्यसले कम्पनीको डिलिट क्राइटेरियालाई मेल खादैन् । स्पटीफाईले पोडकास्टहरु कुनै निश्चित सूचीवद्ध तरिकाले डिलिट गरिरहेको भने छैन् ।