कीवर्डहरू -

आइफोन बन्यो २०१७ को सर्बाधिक विक्री भएको टेक प्रोडक्ट

आइफोन बन्यो २०१७ को सर्बाधिक विक्री भएको टेक प्रोडक्ट

यूएसए टुडेले सार्वजनिक गरेको रिपोर्ट अनुसार आइफोनले  मा पनि आफूलाई २०१७ को सर्वाधिक विक्रि भएको टेक प्रोडक्टका रुपमा उभ्याउन सफल भएको छ ।

रिपोर्टका अनुसार २०१७ मा एप्पलले २२ करोड ३० लाख आइफोन विक्रि गर्न सफल भयो यो सङ्ख्या उसले २०१६ मा विक्री गरेको २१ करोड १० लाख फोनहरु भन्दा बढि हो । यो सङ्ख्या एप्पलले यसै वर्ष सार्वजनिक गरेको आइफोन ८ , आइफान ८ प्लस र आइफोन एक्सको विक्री सङ्ख्या हाे ।

सामसुङ्गका आफ्ना हाइ–इन्ड फ्लागसिप फोनहरु ग्यालेक्सी एस ८ र नोट ८ दुवै को विक्रि सङ्ख्या जोड्दा समेत ३ करोड ३० लाख फोनहरु मात्र विक्रि हुन पुग्याे जनु  सङ्ख्या आइफोनले विक्रि गरेको भन्दा झण्डै सात गुणा कम हो ।

यसैगरि दोस्रो नम्बरमा रहेको सामसुङ्गले ३ करोड ३० लाख फोनहरु मात्र विक्री गर्न सफल भयो । सामसुङ्गका आफ्ना हाइ–इन्ड फ्लागसिप फोनहरु ग्यालेक्सी एस ८ र नोट ८ दुवै को विक्रि सङ्ख्या जोड्दा समेत ३ करोड ३० लाख फोनहरु मात्र विक्रि हुन पुग्याे जनु सङ्ख्या आइफोनले विक्रि गरेको भन्दा झण्डै सात गुणा कम हो । यसका अलावा तस्रो नम्बरमा एमेजान इको डट , चौथोमा एप्पल वाच र पाँचौमा निन्टेन्डो स्वीच रहेका छन ।

यस बर्षको सर्वाधिक विक्री र्भएको टेक प्रोडक्टहरुको सूचीलाई हेर्दा एप्पले विक्री गर्न सफल फोनहरुको सङ्ख्या त्यस भन्दा चार स्थान तल रहेका प्रोडक्टहरु जोड्दा समेत बढी रहेको छ । यस वर्ष एप्पलले आफ्नो प्रोडक्ट अल्लेख्य रुपमा विक्रि गरेतापनि उसले २०१५ मा विक्रि गरेको फोनहरुको किर्तिमानी सङ्ख्या भने तोड्न सकेन ।  एप्पलले २०१५ मा २३ करोड मोवाइल फोनहरु विक्री गरेको थियो ।