कीवर्डहरू -

रिकमेन्डेसनमा उमेर प्रतिबन्ध फिचरको परीक्षण गर्दै टिकटक

रिकमेन्डेसनमा उमेर प्रतिबन्ध फिचरको परीक्षण गर्दै टिकटक

टिकटकले कम उमेरको रिकमेन्डेसनमा उमेर प्रतिबन्ध फिचरको जाँच गरिरहेको छ । किशोरकिशोरीहरुलाई आफ्नो प्लेटफर्ममा सुरक्षित बनाउनका लागि उमेर प्रतिबन्ध फिचरको टिकटकले जाँच गरिरहेको हो ।

अनैतिक वा अश्लील भिडियोहरु हेर्नबाट जोगाउनका लागि यो फिचरको जाँच गरिएको हो । कम्पनीले राम्रो एल्गोरिदम प्रयोग गरेर प्रयोगकर्ताले कस्तो खालको भिडियो हेर्न रुचाउँछन् भनेर बुझ्ने गर्दछन् ।

यस्तो रिकमेन्डेसनमा भिडियो दिदाँ यो फिचरका कारणले किशोर किशोरीहरुका लागि जथाभावी भिडियो जाँदैन् ।

टिकटकमा अभिभावकहरु पनि आफ्नो बालबालिकाले कुन भिडियो हेर्न सक्ने भनेर नियन्त्रण गर्न सक्नेछन् । यो फिचर फ्यामिली पेरियङ सेटिङ्गबाट प्राप्त गर्न सकिन्छ ।