कीवर्डहरू -

इन्स्टाग्राममा ब्लक डिलिट फिचर, अनावश्यक कमेन्ट हटाउन अब झनै सहज

इन्स्टाग्राममा ब्लक डिलिट फिचर, अनावश्यक कमेन्ट हटाउन अब झनै सहज

इन्स्टाग्रामले ब्लक डिलिट फिचर सार्वजनिक गरेको छ । एपले अरु नयाँ अकाउन्ट कन्ट्रोलहरु पनि थपेको छ । योसँगै कम्पनीले आफ्नो प्लेटफर्मबाट पोस्ट, कमेन्ट र अरु क्रियाकलाप हटाउन झनै सहज पारेको छ ।

ब्लक डिलिट फिचरले धेरैमात्रामा पोस्ट, कमेन्ट र अरु क्रियाकलाप हटाउन दिन्छ । यो फिचर प्रयोगकर्ताको प्रोफाइलमा योर एक्टीभिटी भनेर उपलब्ध हुनेछ ।

यसले गर्दा तपाईको पहिलेको अन्तर्क्रियालाई डिलिट गर्न सक्नुहुनेछ । योर एक्टीभिटी अप्सनले प्रयोगकर्ताहरुलार्ए पहिलेको टाइमलाइन र स्टोरी पोस्टहरु हेर्न सहज पारिदिनेछ ।

यो एपमा समय बिताएको, सर्च हिस्ट्री, लिकं क्लिकहरु हेर्नका लागि सर्टकट पनि हो । यो फिचर पहिले डिसेम्बरमा प्रिभ्यू गरिएको थियो । किशोरकिशोरीलाई पहिले गरिएको काम अहिले नराम्रो लाग्न सक्ने हुँदा यो फिचर ल्याइएको हो ।