कीवर्डहरू -

मेटाद्वारा आफ्नो सामाजिक नेटवर्कमा भईरहेको फिशिङ क्रियाकलाप विरुद्ध संयुक्त मुद्दा दायर

मेटाद्वारा आफ्नो सामाजिक नेटवर्कमा भईरहेको फिशिङ क्रियाकलाप विरुद्ध संयुक्त मुद्दा दायर

फेसबुक र इन्स्टाग्रामको कम्पनी मेटाले आफ्नो सामाजिक नेटवर्कमा भईरहेको फिशिङ क्रियाकलाप विरुद्ध संयुक्त मुद्दा दायर गरेको छ ।

मेटाले सान फ्रान्सिसकोमा रहेको फिनटेक कम्पनी चाइमसँग सहकार्य गरेर मुद्दा हालेको हो । चाइमले मोबाइल बैकिंग सेवामा काम गर्ने गर्दछ ।

मेटाले फिशिङ आक्रमण गर्ने दुई जना नाइजेरियाको मान्छे विरुद्ध मुद्दा उजुरी गरेको छ । मुद्दामा उल्लेख गरिएके अनुसार यी दुई नाइजेरियाको मान्छेले फेसबुक र इन्स्टाग्राम प्रयोग गरेर चाईम भएको नाटक गर्ने गर्दछन् । साइबर आक्रमणकारीहरुले चाइमको नक्कल गरेर पैसा ठग्ने गरेका छन् ।