कीवर्डहरू -

म्याकमा जूम कल सकिएपछि पनि माइक एक्टिभ नै रहने बग समाधान

म्याकमा जूम कल सकिएपछि पनि माइक एक्टिभ नै रहने बग समाधान

जूमले म्याक कम्प्युटरमा कल सकिएपछि पनि माइक एक्टिभ नै रहने बगलाई समाधान गरेको छ । यसले प्रयोगकर्ताको प्राइभेसीमा समस्या ल्याउन सक्ने हुँदा यो फिचरलाई छिटो भन्दा छिटो समाधान गरिएको हो ।

जुमले प्रयोगकर्ताहरुको माइक नियन्त्रण गरिरहेको पाइएको थियो । म्याकका लागि जूमको ५.९.३ भर्सनमा समस्यालाई समाधान गरेको छ ।

मिटिङ वा वेबिनार लिभ गरेपछि पनि माइकले आरेन्ज रंगको यीन्डकेटर देखाइरहने समस्या धेरै प्रयोगकर्ताले खुलाएपछि यस विषयमा जूमको ध्यानाकर्षण भएको हो ।

सन् २०२१ को एक गोपनीयता समस्याको मुद्दाले गर्दा जूमले ८५ मिलियन अमेरिकी डलर पनि तिर्नु परेको थियो ।