कीवर्डहरू -

शावमि मि ए १ ले अब पाउन थाल्यो एन्ड्रोइड ८.० ओरियो अपडेट

शावमि मि ए १ ले अब पाउन थाल्यो एन्ड्रोइड ८.० ओरियो अपडेट

शावमि मि ए १ गत बर्ष एन्ड्रोइड ७.१.२ नोगात  भर्जन सहित सार्बजनिक गरिएको थियो । केहि समयको पर्खाइ पछि अन्ततः यो स्मार्टफोनले  पनि  एन्ड्रोइड ८.० ओरियो अपडेट अपडेट पाउन शुरु गरेको छ । स्मार्टफोन कम्पनि शावमिले फोन लन्च क्रममा २०१७ को अन्त्यतिर मि ए १ मा ओरियो अपडेट दिने बचन दिएको थियो । नयाँ एन्ड्रोइड भर्जन ओभर द एयर अपडेट द्वारा रोल आउट गराईरहेको छ ।

शावमि मि ए १को एन्ड्रोइड ८.० ओरियो अपडेटमा पिक्चर इन पिक्चर मुड,नयाँ नोटिफिकेसन डट ,ब्याग्राउन्ड लिमिट तथा अटो फिल र स्मार्ट टेक्स्ट सेलेक्सन उपलब्ध छ । यसवाहेक शावमिले अडाप्टिव आइकन एप तथा ज्यादै छिटो बुट हुने अनुभव जस्ता कुराहरुमा पनि सुधार गरेको छ । त्यस्तै शावमि मि ए१ स्मार्टफोन मि सिरिजमा ओरियो अपडेट पाउने पहिलो स्मार्टफोन हो ।

शावमि मि ए१ बजेट फोन भएका कारण आकर्षक विकल्प बनेको छ । यो स्मार्टफोनमा  ५.५ इन्चको फुल-एचडी डिस्प्ले रहेको छ । त्यस्तै यसमा २.५ डी कोर्निंग गोरिल्ला ग्लास प्रोटेक्सन रहेको छ । ओक्टाकोर क्वाल्कम स्नाप ड्रागन ६२५ प्रोसेसर रहेको यो फोन हाइब्रिड डुअल सिम डिजाइनको साथमा उपलब्ध छ । साथै क्यामेराको कुरा गर्दा यो फोनमा १२ एमपीको रियर तथा ५ एमपीको फ्रन्ट क्यामेरा रहेको छ ।

यो स्मार्टफोन ४ जी भीओएलटिई,वाईफाई, ब्लुटुथ तथा ३.५ एमएम अडियो ज्याक सहित उपलब्ध छ । त्यस्तै यो स्मार्टफोनमा  ब्याट्री क्षमता भने ३०८० एमएएच रहेको छ ।शावमि मि ए १ मा एक्सेलेरोमिटर,एम्बीएन्ट लाइट सेन्सर,जायरो तथा प्रोक्सीमिटि सेन्सर पनि दिईएको छ ।