कीवर्डहरू -

इन्स्टाग्राम स्टोरीमा अब लाइक पनि पठाउन मिल्ने

इन्स्टाग्राम स्टोरीमा अब लाइक पनि पठाउन मिल्ने

इन्स्टाग्रामले स्टोरीमा प्राइभेट तरीकाले लाइक पठाउन दिने भएको छ । आफुलाई मनपरेको स्टोरी पनि लाइक गर्न सक्ने फिचर इन्स्टाग्रामले ल्याएको हो ।

अहिलेसम्म स्टोरी राख्ने क्रियटरलाई डाईरेक्ट मेसेज वा इमोजीको मार्फतले मात्रै प्रतिक्रिया जनाउन मिल्ने गर्दथ्यो तर अब भने लाइकका माध्यमले पनि प्रयोगकर्ताहरुले आफ्नो प्रतिक्रिया दिन पाउनेछन ।

तपाईको प्रतिक्रिया क्रियटरको मेसेज बक्समा जाने गर्दछ । यो फिचर तपाईको स्मार्टफोनमा सार्वजनिक भएपछि सेण्ड मेसेज र एयरप्लेन आाइकन बिचको हार्ट आइकनलाई क्लिक गरेर पठाउन सकिन्छ । लाइक काउन्ट अरु प्रयोगकर्ताले हेर्न पाउनेछैनन् ।