कीवर्डहरू -

स्न्यापच्याट प्रयोगकर्ताले अब आफ्ना साथीलाई लाइभ लोकेसन शेयर गर्न सक्ने

स्न्यापच्याट प्रयोगकर्ताले अब आफ्ना साथीलाई लाइभ लोकेसन शेयर गर्न सक्ने

स्न्यापच्याटले रियल टाइम लोकेसन शेयरिङ फिचर थप गरेको छ । स्न्याटच्याटलाई अझै सुरक्षित बनाउने उद्देश्यले लाईभ लोकेसन शेयरिङ फिचर थप भएको हो ।

कम्पनीले यो फिचर प्रयोगकर्तालाई उपलब्ध गराउन शुरू गरेको छ । यो नयाँ फिचरले प्रयोगकर्तालाई छोटो समयका लागि आफुले छनोट गरेका साथीलाई लाईभ लोकेसन शेयर गर्न अनुमति दिनेछ ।

लाईभ लोकेसन शेयरिङ १५ मिनेट वा केही घण्टाका लागि गर्न सकिने छ । तर लाईभ लोकेसन शेयर गर्नु अगाडि दुबैजनाले आफुलाईसाथीको रूपमा स्विकार गर्नुपर्नेछ ।

सन् २०१७ देखि स्न्यापच्याटले प्रयोगकर्तालाई आफ्नो साथीहरूसँग लोकेसन शेयर गर्ने फिचर दिएको थियो । तर लोईभ लोकेसन फिचर भने स्न्यापच्याटले भर्खर थप गरेको हो ।

प्रत्येक महिना २५० मिलियन प्रयोगकर्ताले स्न्याप म्यापको प्रयोग गर्दै आएका छन् । साथै फेब्रुअरी २३ देखि स्न्यापच्याट प्रयोगकर्ताले आफ्नो युजरनेम पनि परिवर्तन गर्न सक्ने छन् ।