कीवर्डहरू -

डाइरेक्ट म्यासेजलाई पिन गर्न सकिने ट्विटरको फिचर अब सबै प्रयोगकर्ताले प्रयोग गर्न पाउने

डाइरेक्ट म्यासेजलाई पिन गर्न सकिने ट्विटरको फिचर अब सबै प्रयोगकर्ताले प्रयोग गर्न पाउने

डाईरेक्ट मेसेजलाई पिन गर्न सकिने ट्विटरको फिचर अब सबै प्रयोगकर्ताले प्रयोग गर्न पाउने भएका छन् । यो फिचर एन्ड्रोइड, आईओएस र वेब प्रयोगकर्ताहरुका लागि उपलब्ध रहेको छ ।

सन् २०२१ को नोभेम्बरमा यो फिचर ब्लु टिक भएको प्रयोगकर्ताहरुले मात्रै पाउने गरी उपलब्ध गराइएको थियो । अब भने यो सबै प्रयोगकर्ताहरुका लागि उपलब्ध भएको छ ।

यो फिचर प्रयोग गर्नका लागि तपाईको मनपर्ने च्याटलाई बायाँ तर्फ स्लाईड गर्नुपर्छ र बटनलाई ट्याप गरेपछि इनबक्सको माथि आउने गर्दछ ।

यसरी ट्वीटर प्रयोगकर्ताहरुले ६ ओटा थ्रेड पिन गर्न सक्नेछन् । ट्वीटरले धेरैजसो सबै फिचर सर्वप्रथम ब्लु टिक भएको प्रयोगकर्ताहरुका लागि उपलब्ध गराएको छ ।